६ साउन काठमाडौँ । काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार योजनाले तनाव बढाउँदै गएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनामा अघि बढेको फुटपाथ विस्तारविरुद्ध वडाअध्यक्षसहित र नेकपा एमालेका पूर्वमन्त्री कृष्णु गोपाल श्रेष्ठ त्यसै वडाका जनप्रतिनिधिहरू प्रतिकारमा उत्रिएका हुन् ।शुक्रबार फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच पटक पटक धकेलाधकेल र हात हालाहालको अवस्था समेत बन्नेको छ ।
तस्विर : नेपाल प्रेस
काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि डोजर पठाएपछि विरोधमा उत्रिएका स्थानीयबासी र नगर प्रहरीबीच धकेलाधकेल भएको हो ।त्यसक्रममा आजबाट वडाअध्यक्ष चिनकाजी महर्जनले कार्यालयको काम समेत सडकमा टेबल कुर्सी राखेर सुबिधा दिएका छन् ।
तस्विर: नेपाल प्रेस
फुटपाथ विस्तारलाई लिएर बिहीबारदेखि नै स्थानीय आन्दोलित छन् । उनीहरूले शुक्रबार देखि आज आइतबार सम्म पनि न्यूरोड क्षेत्रमा आन्दोलनमा उत्रिएका छन् ।
तस्विर : नेपाल प्रेस
