Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पहिरोले अवरुद्व भएको बिपी राजमार्ग एकतर्फी सञ्चालन हुदै

पहिरोले अवरुद्व भएको बिपी राजमार्ग एकतर्फी सञ्चालन हुदै

जोईन खबर

७, श्रावण २०८१
  • 775
    SHARES
  • पहिरोले अवरुद्व भएको बिपी राजमार्ग एकतर्फी सञ्चालन हुदै

    ७ साउन काठमाडौँ । अबिरल बर्षासंगै पहिरो जादा रातिदेखि अवरुद्ध भएको  बिपी राजमार्ग एकतर्फी  सञ्चालन भएको छ । उक्त राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिराले रातिदेखि सडक अवरुद्ध भएको थियो ।

    images

    अवरुद्ध रोशी–मङ्गलटार सडकखण्ड आज बिहानेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मङ्गलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    images
    images
    images

    अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।सडकलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनका अनुसार दिउँसोसम्ममा दुईतर्फी यातायात सञ्चालन गराइनेछ । 

    प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - ११:२६:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको