७ साउन काठमाडौँ । चितवन कावासोतीबाट काठमाडौँ आउदै गरेको माइक्रो बस दुर्घटना हुदा ३ जना घाइते एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटना चितवनको इच्छाकामना गाउँपालिका वडा न ६ जलबिरे नजिकै ग१ख ९१५५ नम्बरको माइक्रो बस दुर्घटना भएको चितवन जिल्ला प्रहरीले जनाएको छ ।
आज बिहान नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना-६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीन जना घाइते भएका हुन् ।
घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका-८ बस्ने ३६ वर्षीय को धनश्याम न्यौपानेको अवस्था गम्भीर रहेको प्रहरीले बताए ।
प्रहरीले घटनामा पुगी अनुसन्धान गर्दा बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ । माइक्रो चालक चितवनको माडी नगरपालिका-१ का नन्दलाल महतोलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानगरि रहेको जनाकारी दिए । दुर्घटना भएको माइक्रोमा १७ यात्री सवार गरेका थिए ।