Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ग्लोवल फोरम जापानद्वारा आयोजित बार्बिक्यु तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न 

ग्लोवल फोरम जापानद्वारा आयोजित बार्बिक्यु तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न 

जोईन खबर

७, श्रावण २०८१
  • 1.3K
    SHARES
  • ग्लोवल फोरम जापानद्वारा आयोजित बार्बिक्यु तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न 

    ७ साउन टोकीयो जापान । ग्लोवल फोरम जापानद्वारा आयोजित बार्बिक्यु तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।समानता समाज निर्माण अभियानमा सम्पुर्ण प्रवासी नेपालीहरू एक हौ भन्ने मुल नाराका साथ आईतबार टोकीयोको कासाई रिङ्काई पार्क एदोगावामा कार्यक्रम  भव्य र सभ्यताका साथ सम्पन्न भएको फोरमका महासचिव गंगालाल जिआरले  जानकारी दिनु भयो ।

    images

    जापानलाई कर्मथलो बनाउदै आउनु भएका नेपाली दाजूभाई दिदी बहिनीहरु बिच एक आपसमा परिचित, आत्मियताको भावना, भाईचारा र सदभावलाई  विकसित गराउदै  प्रदेशको बसाईमा नेपालीहरू बिच आई पर्ने जुनसुकै समस्यामा सहयोग आर्दान प्रदान र हातेमालो  गर्दै अघि बढ्ने उदेश्यका साथ फोरमले बार्बिक्यु (वनभोज) तथा भेटघाट कार्यक्रमको आयोजना गरेको फोरमका अध्यक्ष मुना सुनारले बताउनु भयो ।

    images
    images
    images

    जापानको व्यस्त समयमा पनि  कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमालाई उच्च बनाई भव्यताका साथ सम्पन्न गराउन भुमिका खेल्नुहुने सम्पुर्णमा उहाले धन्यवाद सहित आभार प्रकट गर्नु भएको थियो ।

    नेपाली गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष नविन निउरे, महासचिव टिकाराम खरेल, फोरमका संरक्षक धन वहादुर विश्वकर्मा, सल्लाहकार समिति सदस्य हिरा रसाईली लगायत जापानमा क्रियाशिल  विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको महासचिव जिआरले जानकारी दिनु भयो । फोरमले समाजमा जातिय विभेदहरूका विरूद्व विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

    प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - २२:२२:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको