७ साउन काठमाडौँ । काभ्रेको पनौती नगपालिका वडा न ७ पनौती बसपार्कमा जुवा खेली रहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पनौती बसपार्कको पछाडी रहेको दुर्गा बहादुर घलानको घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले चेकजाच गर्ने क्रममा जुवा तास खल्ने घर धनि सहित सोही स्थानमा बस्ने विभिन्न ब्यक्तीहरुबाट नगद रु २३,३५५ र १६१ ९एक सय एकसठ्ठी० पत्त्ति तास सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । पक्राउका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले थप अनुशन्धान गरि रहेको छ ।
पक्राउ पर्नेहरु काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा न ७ का दुर्गा बहादुर घलान, सोही जिल्लाका पनौती नगरपालिका वडा न ६ का २६ बर्षीय बुद्ध तामाङ, काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा न २का २९ बर्षीय सुकुराम तामाङ, पनौती नगरपालिका वडा न २ का ३७ बर्षीय दिपक हुमागाई,बेथानचोक गाउँपालिका वडा न ४ का ४१ बर्षीय नवराज तामाङ, खानीखोला गाउँपालिका वडा न ७ का २८ बर्षीय सन्तलाल स्याङतान प्रहरीले पक्राउ गरेको थियो ।