८ साउन काठमाडौँ । आज बिहान बैतडीबाट महेन्द्रनगर जादै गरेको बसको ढोका भाचिएर एक महिला घाइते भएकी छन् ।
बसको ढोका भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका १ को बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोका एक्कासी भाचिदा यात्रु खसेर घाइते भएको हो ।उक्त घटनामा घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका वडा न १ की ४० वर्षीया कलावती बोहोरा रहेको प्रहरीले बताएका छन् ।
ढोकाबाट खसेर घाइते भएकी बोहोराको समुदायी छतिवन स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरि बिरामीको अवस्था गम्भीर भएर अहिले धनगढी माया मेट्रो अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ । घटना भएका बस र चालकलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ ।
चालक कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न ३ घर भएका ४५ वर्षीय प्रेमसिंह धामी रहेको प्रहरीले जनाकारी दिए । घटना बारे थप अनुसन्धान भई रहेको छ ।