८ साउन काठमाडौँ । बिद्युत प्रधिकरणले ६ वटा उद्योगमा काटिएको बिजुली आजै साँझदेखि सञ्चालन हुने गरि जोडिने भएको छ । डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
लाईन काटिएका छ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ । तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने निर्णय गरिएको हो ।
प्रचण्ड नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो । तर, सरकार परिवर्तन सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएका थिए । ल