Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ देखि पोखरा उडन लागेको जहाज सन्तुलन बिग्रिएर दुर्घटना , जहाजका क्याप्टेन मणि घाइते

काठमाडौँ देखि पोखरा उडन लागेको जहाज सन्तुलन बिग्रिएर दुर्घटना , जहाजका क्याप्टेन मणि घाइते

जोईन खबर

९, श्रावण २०८१
  • 1.0K
    SHARES
  • काठमाडौँ देखि पोखरा उडन लागेको जहाज सन्तुलन बिग्रिएर दुर्घटना , जहाजका क्याप्टेन मणि घाइते

    ९ साउन काठमाडौँ । काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाजमा एक्कसी धुवा निस्किएर दुर्घटनामा  भएको हो । जहाज  आज बिहान काठमाडौँ देखि पोखराप्राविधिकसहितको टोली लिएर उडन हुन लाक्दा दुर्घटनामा परेको एक प्रहरीले  बताए ।

    images

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाका अनुसार जहाज बिहान करिब १० बजे तिर दुर्घटना भएको जानकारी दिए । अहिले दुर्घटनग्रस्त जहाजको उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली खटिइसकेको छ । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले दिएको जानकारीअनुसार सौर्य एयरको जहाज दुर्घटनामा परेको जानकारी आएको बताए ।

    images
    images
    images

    जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए ।प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

    जहाजले ग्राउन्ड छाडिसकेपछि नियन्त्रण भएर बाहिर गएको सौर्य एयरका डेपुटी जनरल म्यानेजर उमेश आचार्यले बताए ।  उक्त जहाजमा प्राविधिक टोली  १७ जना लिएर पोखरा उडन गरिएको हो । उक्त घटनामा घाइते भएका याप्टेन मणि शाक्यको अवस्था बारे खबर आएको छैन् । 

     

    प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - १२:१३:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको