१० साउन काठमाडौँ । नेपालको त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुदा १९ जना मध्य १८ जनाको मृत्यु भएको छ । उनीहरुको हिजो करिब ११ बजे तरि काठमाडौँ देखि पोखरा उडान गर्ने क्रममा उडनको सन्तुलन बिग्रिएर दुर्घटना भएको थियो ।
उक्त शव आज शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम सुरु गरिएको छ । एउटा शवको पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्ने चिकित्सकले बताएका छन् ।पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सकहरु सहभागी छन् ।
सबै शवको पोष्टमार्टम गरेर शुक्रबार परिवार वा आफन्तलाई शव जिम्मा लगाउन सकिने पोष्टमार्टममा सहभागी चिकित्सकको भनाइ छ । हिजो देखि हुनु पर्ने पोष्टमार्टम काम केही कारणले रोकिएको चिकित्सकले बताए । पोष्टमार्टमको काम आज सकिने भए पनि आफन्तहरुलाई भोली मात्र बुझाउने तयारी गरिउको छ ।