Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आउँदो साता कक्षा १२ को नतिजा सार्वजनिक हुने

आउँदो साता कक्षा १२ को नतिजा सार्वजनिक हुने

जोईन खबर

११, श्रावण २०८१
  • 673
    SHARES
  • आउँदो साता कक्षा १२ को नतिजा सार्वजनिक हुने

    ११ साउन काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले  आउदो साता कक्षा १२ को नतिजा  सार्वजनिक  गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो साता नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डले हाल म्याचिङ र प्रोसेसिङ गरिरहेको छ । बोर्डले साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको हो।

    images
    images
    images

    गत वैशाखमा संचालित कक्षा १२ को परीक्षामा चार लाख ९६ हजार जना विद्यार्थीहरू सहभागी भएका थिए । नेपालमा एक हजार ५२५ र जापानमा एक परीक्षा केन्द्रमार्फत् परीक्षा सञ्चालन भएको थियो। परिक्षामा नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका थिए।

    गत असारमा प्रकाशित एसइईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।

    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - १४:५८:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको