Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सौर्य एयर विमानको चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी नगदसहित सम्मानीत 

 सौर्य एयर विमानको चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी नगदसहित सम्मानीत 

जोईन खबर

११, श्रावण २०८१
  • 1.1K
    SHARES
  •  सौर्य एयर विमानको चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी नगदसहित सम्मानीत 

    ११ साउन काठमाडौँ । बुधबार बिहान ११:१५ बजेमा काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा परि घाइते चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी नगदसहित सम्मानीत भएका छन् ।

    images

    प्रहरीले विमान दुर्घटना हुने बितिकै  जोखिमपूर्ण अवस्थामा विमान चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको हो ।  पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल हुने प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कार दिइ सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images
    images
    images

    त्यस घटनामा पाइलट शाक्यलाई सकुशल उद्धार  प्रहरीहरमा नायब उपरीक्षक सुकेदेव खनाल, टङ्क राउत, प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई आज एक कार्यक्रम बिच सम्मन गरिएको हो । दुर्घटना भएको सौर्य एयर साउन ९ गते विहान मर्मतको लागि सौर्य एयरको कार्मचारी बोकेर काठमाडौँबाट पोखरा जान लागेको अवस्थामा विमान उड्ने वित्तिकै १०० मिटर उडेर भुइमा  खसेर दुर्घटना भएको हो ।

    उक्त जहाजमा १९ जना मध्य १८ जनाको ज्यान घटनास्थलमा गयो भने,  एक जान  पाइलट शाक्य मात्र घाइते अवस्थामा फेला परेका थिए । मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेको आज शव आफन्तलाई बुझाउने भयारी हुदै छ । हिजो बुझाउने भनिएको शव क्षतीपूर्तीको टुङगो लगाउन नसक्दा रोकिएको थियो । 

    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - १६:०६:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको