Logo

बिहिवार, श्रावण १४ गते २०८३

अध्यक्ष प्रचण्डले भने, सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौ

अध्यक्ष प्रचण्डले भने, सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौ

जोईन खबर

११, श्रावण २०८१
  • 883
    SHARES
  • अध्यक्ष प्रचण्डले भने, सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौ

    ११ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्  ।

    images

    शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै अव सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

    सरकारबाट बाहिरिँदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको प्रचण्डले बताएका माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।शुक्रबार पदाधिकारी बैठकमा ६ जना सदस्यहरूले धारणा राखेका थिए ।उनीहरुले संघर्षका रुपमा पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए । 

    प्रकाशित मिति :श्रावण ११, २०८१ शुक्रवार - १९:२१:२४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको