१३ साउन काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा न ५ रेसेफाँटमा गएरातीको बाढी र पहिरोमा परि पाँच जना बेपत्ता २ जना घाइते भएका छन् ।आज बिहान २:०० बजेको समयमा अबिरल बर्षा संगैको पहिरो जादा रेसेफाँटका स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले पुरिएको गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले बताउनु भयो ।
उक्त पहिरोमा पुरिएर जीतबहादुर गुरुङ र उनकी श्रीमती वर्ष ३५ की कान्छी माया गुरुङ बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ, सोही वडाका सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बेपत्ता हुनेमा एकै घरपरिवारका तीन जना र बाँकी दुई जना त्यही फर्ममा काम गर्ने भन्ने खबर आएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजी कार्य भइरहेको छ ।घटनामा दुई जनालाई भने उद्धार गरि हेलिकप्टर मार्फत उद्धार काठमाडौँ लगिएको छ ।

पहिरोमा परि घाइते २ जना ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङ रहेको प्रहरीले जानकारी दिए । उनीहरुमध्ये दिलीपको अवस्था गम्भिर रहेको छ । उद्धारका लागि थप सुरक्षा टोली घटनास्थलतर्फ पठाइएको गोरखा प्रहरीको भनाइ छ ।