१३ साउन काठमाडौँ । गण्डकी प्रदेश पोखरा आज एक्कासी सार्वजनिक यातायात बन्द भएको छ । राइड सेयरिङको विरोध गर्दै यहाँका यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए ।
तर आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घ एक सूचना जारी गरेको थियो । उनका अनुसार माग सम्बोधन नहुँदासम्म पछि नहट्ने व्यवसायीको तयारी छ । सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने समेटेको थियो । तर कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन ।
यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था सचिव शंकर पण्डित र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाएका थिए । व्यवसायीहरूले चाहिँ रातो प्लेटका सवारीले भाडाका यात्रु ओसार्न नहुने माग राखेका छन् । महासङ्घले शनिबार अर्को विज्ञप्ति निकालेर मन्त्री मनाङेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
हामी यातायात व्यवसायी र मजदुरले आफ्ना माग राखी आन्दोलित भएको अवस्थामा सरकारका जिम्मेवार मन्त्रीबाट जुनखालको अशोभनीय शब्द प्रयोग गरि यातायात व्यवसायीको आन्दोलनलाई नजर अन्दाज गर्ने काम भएकोमा हाम्रो ध्यानाकर्षण तथा यातायात क्षेत्र स्तब्ध छ ।उनीहरुले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, गैर जिम्मेवार अभिव्यक्ति तुरुन्त फिर्ता लिई यातायात व्यवसायीका माग सम्बोधन गर्न जोडदार माग गर्दछौँ