१३ साउन काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा शनिबार राति गएको बाढी र पहिरोमा परी घाइते भएका दुई गुरुङलाई थप उपचार लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याएको छ ।
पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ त्रिवि शिक्षण अस्पताल महराजगञ्ज ल्याइएको हो । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।
स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका थिए ।शनिबार राति तीन बजे पहिरो जाँदा जीतबवहादुरले सञ्चालन गर्दैआएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । यस घटनाको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताए ।