१५ साउन काठमाडौं । नेपालीहरुले आज साउन १५ गते खीर खाएर मनाउँदैछन् । वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको ज्योतिष डाक्टर सुनील सिटौलाले बताए ।
यो असार र साउन महिनाको १५ गते परापूर्वककालदेखि नै चलि आएको वा पुर्खाहरुले मौसम अनुसार श्रम गर्ने अनुसार यो प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हो ।
परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु र सर्वत खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूणिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ । अब देशभरका सबै स्थानमा रोपाइ संगै रमाइलो गरेका हुन छन् ।