१५ साउन काठमाडौँ । काठमाडौँको असनमा आगलागी भएको छ । आगलागी काठमाडौँ महानगरपालिका वडा न २५ को असनको धागो गोदाममा एक्कासी आगलागी भएको हो ।
विद्युत् सर्ट भई मंगलबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धागो जलेर नष्ट भएको छ ।
धागो गोदाममा लागेको आगो नेपाल प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । यस आगोलागी घटनाको विवरण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।