१५ साउन काठमाडौँ । नेपाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्स दुर्घटनामा परि घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्थामा सुधार हुदै आएको छ ।
दुर्घटना पछि क्याप्टेन शाक्यलाई काठमाडौं सिनामंगलको केएमसी अस्पतालमा उपचार लागि पुराइएको थियो । उनलाई उपचारको क्रममा शुक्रबार आईसीयूबाट क्याबिनमा सारिएको हो । उनको टाउकोमा लागेको चोटमा,आँखामुनिको चोट पनि सामान्य हुँदै गएको अस्पतालका चिकित्कले बताए । अब शल्यक्रिया गर्न मात्रै बाँकी छ । उनको मेरुदण्डको हड्डीमा पनि चोट लागेको देखिएको केएमसीका व्यवस्थापक नारायणप्रसाद दाहालले बताए ।
तर, स्वास्थ्यका सूचकहरूका कारण तत्काल शल्यक्रिया गर्ने अवस्था नरहेको दाहालले बताए । ३७ वर्षीय शाक्य स्वास्थ्यकर्मी, परिवार र आफन्तको हेरचाह्रमा छन्
उनी गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ देखि पोखरा उडने क्रममा दुर्घटना भएको हो । उक्त जहाजमा शाक्यसहित १९ जना थिए भने उनी बाहेक बाकी १८ जनाको घटनस्थलमा नै मृत्यु भएको थियो ।