Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धार्चेमा पहिरोले पुरि भेटिएको शव हेलिकप्टरमार्फत लैजाना  मौसमले साथ नदिए पछि स्थानीय मिलेर बोकेर गाउँ पुराउदै

धार्चेमा पहिरोले पुरि भेटिएको शव हेलिकप्टरमार्फत लैजाना  मौसमले साथ नदिए पछि स्थानीय मिलेर बोकेर गाउँ पुराउदै

जोईन खबर

१५, श्रावण २०८१
  • 865
    SHARES
  • धार्चेमा पहिरोले पुरि भेटिएको शव हेलिकप्टरमार्फत लैजाना  मौसमले साथ नदिए पछि स्थानीय मिलेर बोकेर गाउँ पुराउदै

    १५ साउन काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा न ५ रेसेफाँटको पहिरोमा परी मृत्यु भएका चार  शव मान्छेले बोकेर गाउँ लैजान सुरु गरिएको छ । गाउँ सम्मा पुरा गारो हुने भएकोले हेलिकप्टरमार्फत लैजाने भनि काठमाडौँबाट हेलिकप्टर गए पनि त्यहाँको मौसमले साथ नदिए पछि बेलुका ४ बजे तिर तीन गाउँका स्थानीयको सहयोगमा शव सिङ्ला पुर्याइएको स्थानीय राज गोरखालीले  जानकारी दिनुभयो ।

    images

     त्यहाँका गाउँलेहरुले हेलिकप्टरमार्फत शव लैजान सहज हुने भएकाले बेलुका सम्म कुरादा पनि मौसमले साथ नदिए पछि  तीन गाउँका स्थानीय मिलेर शव गाउँ लैजान  निर्णय गरेका हुन् । स्थानिय राज गोरखालीका अनुसार रेसेफाँटबाट सिङ्ला पुग्न झण्डै ५ घण्टा लाग्ने  भएकोले अलि गोरो हुने बताउनु भयो । हेलिकप्टर आउन सम्भव हुने भएकोले शव हामीले बोकेर लैजाने तयारी गरेर त्यहाँबाट हिडेर अहिले गाउँ पुग्नलाई अबको डेढ घण्टा बाकी रहेको बताउनु भयो ।

    images
    images
    images

    raj1.jpg

                शव बोकेर जादै गरेको तस्विर : राज गोरखाली

    उक्त शव आज राति नै चियानडाँडा लगेर गुरुङ संस्कारअनुसार अन्त्येष्टि गर्ने तयारी गरेको बताउनु भयो । आइतबारको रेसेफाँट पहिरोमा बेपत्ता भएकी कान्छी गुरुङको शव गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको थियो । शवको गोरखा अस्पतालमा पोस्टमार्टम गरी हेलिकप्टरमार्फत रेसेफाँट पुर्‍याइएको थियो ।

    raj2.jpg

    गोरखा अस्पतालमा पोस्टमार्टम भएको एक जनाको शव लिएर आएको हेलिकप्टरमार्फत रेसेफाँटमा भेटिएको थप तीन जनाको शव पनि गाउँ पुर्‍याउने योजनामा थियौं, तर हेलिकप्टरमार्फत शव गाउँ लगे पनि मौसमले गर्दा हेलिकप्टर अवतरण हुन नसके पछि  शव रेसेफाँटमै झारेर रातभर कुरेर बस्यौ मौसम हेर्दाहेर्दै आज पनि उडान हुन नसकेपछि बोकेर गाउँ लैजान निर्णय गरेको बताउनु भयो । तीन गाउँ सिङ्ला ,गुम्दा र लाप्राकका स्थानीयहरुको सहयोगमा शव गाउँ लगीएको हो ।

    raj3.jpg

    प्रकाशित मिति :श्रावण १५, २०८१ मंगलवार - २१:५४:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको