१६ साउन काठमाडौँ । गएराती परेको भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार लगायत विभिन्न स्थान डुबानमा परेको छ ।
बर्षासंगै आएको वाग्मती नदिको बाढीका कारण काठमाडौंको बल्खुको तरकारी बजार डुबानमा परेको हो । बल्खुमा वाग्मती किनारमा रहेको उक्त तरकारी बजार नदीमा आएको बाढीका कारण डुबानमा परेको हो । तरकारी बजारको नदी किनारतर्फको क्षेत्र बढी डुबानमा परेको छ भने मुख्य बजारमा पनि पानी पसेको छ ।
तरकारी बजार वरपरका धेरै खाजापसलहरु पनि डुबेका छन् । यसै गरी काठमाडौँ अनामनगर क्षेत्रको खोलाका किनारमा रहेका घर पसल पनि डुबानमा परेको छ ।