१६ साउन काठमाडौँ । हिजो राती देखि परेको अविरल वर्षका कारण ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय, बागमती, हनुमन्ते, मनोहरा,धोविखोला, विष्णुमती, नख्खु, लगायत क्षेत्र डुबानमा परेको छ ।
मंगलबार रातिदेखि परेको वर्षाका कारण मनोहरा खोलामा, विष्णुमती नदि, धोविखोलाको जलसतह बढेका कारण बुधबार एमाले कार्यालयमा पानी पसेको हो । अविरल वर्षका खोलामा पानीको सतह पुल भन्दा पनि उचाइमा पुगेपछि नजिकै रहेको एमाले कार्यालयभित्र र बल्खु तरकारी बजार, अनामनगरका किनारका बस्तीहरुमा बाढी पसेको छ ।
च्यासल रंगशाला पनि डुबानमा परेको हो । पानीले भरिएपछि रंगशाला पोखरीजस्तो बनेको छ । एमाले कार्यालयभित्रै बाढी पसेपछि विभिन्न कागजातहरु सुरक्षित स्थानमा सारेको एक नेताले जानकारी दिए ।


