१६ साउन काठमाडौँ । काठमाडौँको बल्खु खोलाको बाढीमा परी ४५ बर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई आज बिहान बुल्खु पुलमुनि अड्किएको अवस्थामा प्रहरीले शव फेला परेको हो ।
घटनामा प्रहरीले घेटेको शव बाँके घर भई हाल काठमाडौँ बस्दै आएका ४५ वर्षीय रामस्वरुप महतो रहेको प्रहरीले जनाए । काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले बताए ।
मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ। गए राति परेको वर्षाले वाग्मती नदि,मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोला जलसतह बढेर बाढी आएको थियो । यस पानीले काठमाडोँका धेरे स्थानहरुमा बाढी आई मानवीय क्षेती कम भए पनि मानिसहरुको बस्ने घरहरुमा पानी पस्दा धेरै मानिसहरुको बिचली भएको छ ।