१६ साउन काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र ३७ बर्षीय एक युवकको शव फेला परेको छ । शव फेला परेको काठमाडौं महानगरपालिका वडा न २६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेटमा केही महिना देखि पार्किङ गरेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो ।
युवकको शव फेला परे पछि प्रहरी आएर सोधबुझ गर्दा मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
घटनाको प्रकृति हेर्दा ४र५ दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको एसपी अधिकारीले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको छ । थप विवरण आउन बाकी छ ।