१८ साउन काठमाडौँ । आज काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडे पछि एक्कासी समस्य आए पछि काठमाडौं नै फर्किएर अवतरणभएको छ ।
जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौंमा नै ल्याण्ड गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले जानकारी दिए ।काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुन काठमाडौं नै आएर अवतरण गरेको छ ।
यात्रु र जहाजमा केही क्षति भएको छैन । ४ बजेर ५ मिनेटमा जहाज काठमाडौंमा नै आएर ल्याण्ड गरेको हो ।काठमाडौंबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन– एएमडीमा बुद्धको जहाज काठमाडौंमा नै फर्किएको हो ।