२० साउन काठमाडौँ । ललितपुरको वडा कार्यालय नजिकै एक अपरिचि पुरुषको शव फेला परेको छ । उक्त शव फेला परेको ललितपुर महानगरपालिका वडा न १ को वडा कार्यालय नजिकै बागमती किनारको छेउमा शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरीले बताए ।
यस शव बामगती खोलाको किनारामा घोप्टो परेर बसेको अवस्थामा अन्दाजी करिब ४२ वर्षीय पुरुषका शव फेला परेको हो ।
प्रहरीका अनुसार फेला परेको शव उठाइ अहिले घटनास्थलबाट पोष्टमार्टमका लागी पाटन अस्पताल लैजान तयारी भएको छ । घटना सम्बन्धी थप अनुसन्धान भई रहेको छ । मृतकको सनाखत नभएको समेत बताए ।