Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारतको इटावामा बस र कार ठोक्किदा ७ जनाको मृत्यु ,२५ जना घाइते

भारतको इटावामा बस र कार ठोक्किदा ७ जनाको मृत्यु ,२५ जना घाइते

जोईन खबर

२०, श्रावण २०८१
  • 787
    SHARES
  • भारतको इटावामा बस र कार ठोक्किदा ७ जनाको मृत्यु ,२५ जना घाइते

    २० साउन काठमाडौँ । भारतको उत्तर प्रदेशको इटावामा बस र कार ठोक्किदा ७ जनाको मृत्यु र २५ जना घाइते भएका छन् । कार र बसको दुर्घटनामा गएराति पौने १ बजे  आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक आपसमा ठोक्किएको हो।

    images

    इटावाका एसएसपी कुमार बर्माका अनुसार कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको हो। दुर्घटनाको प्रकृति हेर्दा कार चालक निदाएका कारण विपरीत लेनमा पुगेको हुनसक्ने एसएसपी बर्मालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।दुर्घटनामा कारमा सवार तीनै जना र  बसमा सवार चार जना गरि ७ जनाको मृत्य भएको एसएसपी बर्माले बताएका छन्।

    images
    images
    images

    कारसँग ठोक्किएपछि बस अनियन्त्रित हुँदै सडक तल खाल्डोमा खसे प्रहरीको भनाइ छ । बसमा ६० जना सवार रहेको र त्यसमध्ये २५ जना घाइते भएको बिबिसीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर भएका छन् । उक्त दुर्घटनामा घाइते भएकाहरुको स्थानिय अस्पतालमा उपचार भइ रहेको बताए । एजेन्सी

    प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - १२:५४:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको