Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गोरखाको सौन्दर्य  कला व्यवसायी संघको नयाँ नेतृत्वको अध्यक्षमा रोस्ता श्रेष्ठ निर्वाचित

 गोरखाको सौन्दर्य  कला व्यवसायी संघको नयाँ नेतृत्वको अध्यक्षमा रोस्ता श्रेष्ठ निर्वाचित

जोईन खबर

२०, श्रावण २०८१
  • 949
    SHARES
  •  गोरखाको  सौन्दर्य  कला व्यवसायी संघको नयाँ नेतृत्वको अध्यक्षमा रोस्ता श्रेष्ठ   निर्वाचित

     
    २० साउन काठमाडौँ। गोरखामा सौन्दर्य कला व्यवसायी संघको नयाँ नेतृत्वको अध्यक्षमा रोस्ता श्रेष्ठ निर्वाचित भएकी छन् ।  गोरखामा शनिवार सम्पन्न भएको संघको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनमा संघले श्रेष्ठको अध्यक्षतामा  नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वको कार्यसमितिमा  ११ सदस्यीय सर्वसम्मत निर्वाचित भएका हुन् । 

    images

    हिजो निर्वाचित भएका संघमा अध्यक्षमा रोस्ता श्रेष्ठ ,उपाध्यक्षमा रिता श्रेष्ठ, सचिवमा सुस्मिता वयलकोटी, कोषाध्यक्षमा अनिता गुरुङ र सहसचिवमा सुजता वस्नेत, सदस्यहरुमा सविना घले, रक्षा रावल, पूर्णिमा गुरुङ, आशा रोका, सुस्मि शाक्य, मुना श्रेष्ठ रहेनु भउको संघले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रममा निर्वतमान अध्यक्षले स्थापना कालदेखि नौ बर्ष  यस संस्थाको नेतृत्व गर्दै व्यवसायिक हकहितका लागि उनले योगदानको कदर गर्दै निर्वतमान अध्यक्ष सुकु श्रेष्ठलाई संघले दोसल्ला ओडाएर कदर पत्र दिएर सम्मानित गरिएको संघले जानकारी दियो ।  कार्यक्रमको  चौथो साधारण सभामा  सचिव र कोषाध्यक्षले संस्थाको बार्षिक र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । 

     

    प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - १३:५३:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको