२० साउन काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका दुई सदस्य आजबाट पदमुक्त भएका छन् ।डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य कपील आचार्य र भक्तबहादुर पुनलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बोर्ड सदस्यबाट पदमुक्त गराएको हो ।
आफूहरूलाई इमेलमार्फत पदमुक्त गराएको पत्र आएको आचार्यले जानकारी दिए डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्न भन्दै अडान लिएका उनीहरूलाई साउन १५ मा लिखित स्पष्टीकरण सोधिएको थियो ।
साउन १८ मा उनीहरूले स्पष्टीकरण बुझाएका थिए ।लिखित स्पष्टीकरण माग गरिएका उनीहरूलाई स्पष्टीकरण चित्त नबुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै उनीहरूलाई सोही दिन हटाउने ऊर्जामन्त्री दीपक खड्काले निर्णय गरेको स्रोतले बतायो ।