Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सोमबार पशुपतिनाथ मन्दिर लगायत शिवालयको सबै मन्दिरमा दर्शनार्थीहरुको भिडभाड बढदै

आज सोमबार पशुपतिनाथ मन्दिर लगायत शिवालयको सबै मन्दिरमा दर्शनार्थीहरुको भिडभाड बढदै

जोईन खबर

२१, श्रावण २०८१
  • 1.2K
    SHARES
  • आज सोमबार पशुपतिनाथ मन्दिर लगायत शिवालयको सबै मन्दिरमा दर्शनार्थीहरुको भिडभाड बढदै

    २१ साउन काठमाडौँ । आज साउनको तेस्रो हप्ता सोबारका दिन काठमाडौँ पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालय मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको भिडभाड लागेको छ ।

    images

    साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि पशुपतिनाथ मन्दिरको बिहान ४ बजेदेखि नै चारै ढोका खुला गरेर पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको चर्काे रुपमा भिडभाड बढेको छ । आज  पशुपतिनाथमा बोलबमवालाहरूको पनि ठूलो सङ्ख्यामा भिडभाड लागेको भएर बिहान बाटै मन्दिरका चारै ढोका खुला गरि भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएको बताए ।

    images
    images
    images

    दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ।साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको भिडभाड भएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए। साउनमा पशुपतिनाथ मन्दिरमा विभिन्न जिल्ल विदेशीहरु समेत बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ ।

    यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखिनै महादेवको पूजा आराधन गरिरहेका  छन्।

    प्रकाशित मिति :श्रावण २१, २०८१ सोमवार - ११:१७:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको