२१ साउन काठमाडौँ । जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग प्रतिनिधि सभाका सांसद डा। अमरेशकुमार सिंहले माग गरेका छन्।
सोमवार प्रतिनिधि सभा बैठकमा बिना आधार शेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानविन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने सांसद सिंहले बताए ।
नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिव जनतामाथि ठगी गरेर शेयर बजारमा कृत्रिम ढंगले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द गर्ने संसाद सिंहले आग्रह गरेका छन् । छानविन समिति बनाएर त्यस्ता कृतिम ढंगले सेयर कारोबार गर्ने कम्पनीहरु कारबाहीको लागि छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछु सांसद सिंहले बताए ।