२१ साउन काठमाडौँ । श्रीमान्–श्रीमतीबीच भएको झगडाकै कारण आयरल्यान्डबाट स्पेनका लागि उडेको हवाईजहाज आकस्मिक अवतरण गरिएको छ । हवाईजहाजमा यात्रा गरिरहेका बेला केही प्राविधिक कारणले आकस्मिक अवतरण गरिए पनि यो जहाज अवतरणका कारण भने छुट्टै हुदा सुन्ने मानिसहरु समेत अचम्ममा परेका छन् ।
यो घटना गत शुक्रबार साँझ भएको थियो । एर लिङ्गस’ वायुसेवा कम्पनीको विमान शुक्रबार साझा आयरल्यान्डबाट स्पेनका लागि उडेको जहाज भित्र एक जोडी पति–पत्नीबीच चर्को विवाद संगै आपसमा कुटाकुट नै गर्न थाले पछि विमान आकस्मिक अवतरण गर्नु बाहेक अरु विकल्प नभए पछि उनीहरूले आपत्कालीन अवस्था घोषणा गरी विमानलाई अवतरण गरिएको हो । विमान आयरल्यान्डको डब्लिनबाट स्पेनको मल्लारोका जाँदै यात्रारत झगडाले हिंसात्मक रूप लिन थालेपछि चालक दलका सदस्यले झगडा रोक्ने नसके पछि विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए ।
विमान आकस्मिक अवतरण गरेपछि झगडामा संलग्न पुरुषलाई स्थानीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ । महिलाको अनुहारमा भने केही चोट लागेका कारण उनलाई प्राथमिक उपचार गराइएको विमानका सदस्यहरुले बताए । ती दुई जनाको झगडाका कारण विमान २ घण्टा ढिला गन्तव्यमा अवतरण गरिएको थियो । अहिले उक्त घटनाको फोटोले सामाजिक सञ्जालमा निकै भाईरल बन्नेको छ ।