२२ साउन काठमाडौँ । आज देशभर मनसुनी वायुको उच्च प्रभाव रहेको छ। यसकारण आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा भई रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्लालाई उच्च जोखिममा रहेको राखेको छ।यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्ज्या, तनहुँ, नवलपरासी, लमजुङ र गोरखा पनि उच्च जोखिममा रहेका छन्।
यसैगरी, लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी९पश्चिम०, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची उच्च जोखिममा रहेका छन्।त्यस्तै, सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडीमा पनि उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ।