Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अबिरल बर्षाका कारण कालीगण्डकी करिडोरका मुख्य सडक अवरुद्व 

अबिरल बर्षाका कारण कालीगण्डकी करिडोरका मुख्य सडक अवरुद्व 

जोईन खबर

२२, श्रावण २०८१
  • 646
    SHARES
  • अबिरल बर्षाका कारण कालीगण्डकी करिडोरका मुख्य सडक अवरुद्व 

    २२ साउन काठमाडौँ । अबिरल बर्षाका कारण्  लोकमार्ग पर्ने बुर्तिबाङ पूर्वी रुकुम खण्ड र कालापैरा तथा करिडोरको बाग्‍लुङ दब्ल्याङमा पहिरोले  लामो दुरीको सडक खण्ड अवरुद्ध भएको छ ।

    images

    बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन केसीले बताए।वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ।

    images
    images
    images

    वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने प्रहरी नायब उपरीक्षक केसी बताए।लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोट लगायत स्थानबाट बुर्तिबाङ, बाग्‍लुङ, पोखरा, काठमाडौं लगायत स्थानमा पुग्ने यातायातका साधन सडकमै रोकिएका छन्।

    जसले गर्दा यात्रु अलपत्र छन्।कालीगण्डकी करिडोरमा चल्ने बाग्लुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारीसाधन पनि रोकिएका छन्। 

    प्रकाशित मिति :श्रावण २२, २०८१ मंगलवार - १०:४५:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको