२२ साउन काठमाडौँ । काठमाडौँ उपत्यकामा आज बिहानबाट परेको भारी बर्षाले गर्दा मुख्य मुख्य सडकहरुमा ट्राफिक जाम अस्तव्यस्तत बन्नेको छ ।
आज यि सडकहरुमा ट्राफिक जाम भएको मध्यमा बालाजु ,माइतीघर, बबरमहल, भद्रकाली, थापाथली, र त्रिपुरेश्वर क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको हो ।सडकमा पानी जमेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको उपत्यका ट्राफिक प्रहरीहरले बताए ।
हिजो साझा देखि परेको लगतार बर्षाले सडकमा पानी जमेको ठाउँमा सवारी सहज र सजिलो तरीकाले चल्न नपाउदा दुइपांग्रे सवारी नहिँड्दा र ठुला सवारीको गति कम भएर जाम भएको उनीहरुको भनाइ छ ।लैनचोरबाट केशरमहलतर्फको सडक र माइतीघरबाट भद्रकाली तर्फ जाने सडकमा पानी बगेको छ ।
पानीले गर्दा माइतीघरको सडकमा पानी जमदा बबरमहल, थापाथली र कुपण्डोल त्रिपुरेश्वर सडक असर परेको देखिएको हो । पुरानो बसपार्क क्षेत्रमा पनि पानीको असरले सवारी आवागमनमा समस्या भएको छ ।