Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लेदोसहित आएको पहिरोमा परी गुल्मीमा चार जनाको मृत्यु, दूई जना घाइते 

लेदोसहित आएको पहिरोमा परी गुल्मीमा चार जनाको मृत्यु, दूई जना घाइते 

जोईन खबर

२२, श्रावण २०८१
  • 760
    SHARES
  • लेदोसहित आएको पहिरोमा परी गुल्मीमा चार जनाको मृत्यु, दूई जना घाइते 

    २२ साउन काठमाडौँ । लेदोसहित आएको पहिरोमा परी गुल्मीमा चार जनाको मृत्यु, दूई जना घाइते भएका छन् । घटना  गुल्मीको मुसिकोट नगरपालिका वडा न १ बिसौनाको  विष्णु विकको घरमा माथिबाट आएको पहिरोले घर बगाउदा चारजनाको घटनास्थलमा मृत्यु र दुईजना घाइते भएका प्रहरीले  बताएको छ ।

    images

    गएराति परेको बर्षाले गर्दा गएको पहिरोमा परि मृत्यु हुनेमा ४६ वर्षीय गोरे विक, ६७ बर्षीय हुकुमबहादुर विक, ६६ बर्षीय मसुरी विक र साढे दुईबर्षीय रियान्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए।

    images
    images
    images

    घाइते दुई जनामा २३ वर्षीया मुना विक र ३१ वर्षीय विष्णु विकको उपचार हुदै छ । विष्णु विकको घरमा दुई परिवार बस्दै आएका थिए। स्थानीय र प्रहरीको टोली घटनास्थलमा परिचालन भएका छन्। थप विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :श्रावण २२, २०८१ मंगलवार - १४:००:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको