२२ साउन काठमाडौँ । वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको बहाव बढेको छ । काठमाडौं–ललितपुर जोड्ने पुलमुनि नदीबीचमा तीन वटा कुकुर अड्किए पछि तीनवटा कुकुरको नदीबाट स्नेहा केयरको टोलीले उद्वार गरि निकालीएको छ ।
नदिको किनारमा भएका कुकुरहरु नदिमा हाम फाले पछि त्यो देखेर कुकुर बचाउना एक युवक पनि नदीमा हाम फालेका थिए । ती नदिमा हाम कुकुरहरु केही मिटर तल गएर निस्किएका थिए भने ती कुकुर बचाउन नदिमा हाम फालेका युवा पनि केहीबेरमा कुकुरसहित ती युवा पनि पौडिएर निस्किएका थिए ।
मगंलबार मध्य राति देखि परेको भारी बर्षाले गर्दा काठमाडौँका सबै नदिमा पानीको बहाव बढेको थियो । त्यही बाढीका कारण थापाथली पुलमा नदी सतह बढेर पानीको बहाव निकै माथि पुगे पछि नदिको किनारमा भएको कुकुर त्यहाँबाट हिँड्न उत्रिन नसके पछि त्यही रोकिएको हो ।