२२ साउन काठमाडौँ । बंगलादेशकी विपक्षी दलकी नेता खालिदा जिया जेलमुक्त भएकी छिन्। जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय सुनाइएको थियो ।
विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टी ९बिएनपी० की अध्यक्ष जिया अपरान्ह ३ बजे रिहा भएकी स्थानीय संचारमाध्यमले जनाएका छन्।बंगलादेशका राष्ट्रपति मोहमद शहाबुद्दिनले जेलमा रहेकी जियालाई थुनामुक्त गर्न आदेश दिएका थिए ।
विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना राजीनामा दिँदै देश छाड्न बाध्य भएपछि राष्ट्रपति शहाबुद्दिनले पूर्वप्रधानमन्त्रीसमेत रहेकी जियालाई रिहा गर्न आदेश दिएका हुन्। एजेन्सी