२२ साउन काठमाडौँ । श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकासंग खेलेको हो । भारतले पहिलो सेट श्रीलंकालाई २५-१५ ले जित्यो।
एक शुन्यले पछि परेको श्रीलंका दोस्रो सेटमा पनि भारतले २५-१६ ले जित हात परेको थियो । तेस्रो सेटको दुई शुन्यले पछि परेपछि श्रीलंकाले सुरूवातमा भारतलाई चुनौति दिंदै श्रीलंकाले १२-८ को अग्रता बनाएको थियो। तर चार अंकको यो अग्रतालाई श्रीलंकाले केहि बेरमा नै गुमायो। भारतले तेस्रो सेटमा २५-२३ ले सोझो सेटमा हराएको हो ।
आज भारतकी सुर्याको प्रदर्शन यो सहज जितमा सबैभन्दा उत्कृष्ट रहयो।भारत समुह विजेता र श्रीलंका चौथो स्थानमा रहदै सेमिफाइनलमा पुगेका थिए। अब भारतले उपाधिको लागि नेपाल र इरानबीचको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। आजै केहि बेरमा आयोजक नेपाल र इरानबीच दोस्रो सेमिफाइनल खेल हुनेछ।