२२ साउन काठमाडौँ । नेपाल काभा महिला भलिबल नेसन्स लिगको अन्तर्गत खेलमा इरानलाई सोझो तीन सेटले हराउदै नेपाल फाइनलमा प्रवेश गरेको छ। यश प्रतियोगिता त्रिपुरेश्वर दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल इरानसंग खेलेको हो ।
नेपाल आज इरानलाई जिते संगै उपाधिका जितको लागि भोलि भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। हाल भई रहेको प्रतियोगिता नेपालको यो चौथो जित हो। नेपाली महिला टिमले सेमिफाइनलको पहिलो सेटमा इरानलाई २५-२१ ले हराएको थियो ,भने खेलको दोस्रो सेटमा ६ अंकको अग्रता गुमाउँदा इरानले २४-२१ को अग्रता बनाए पनि इरान सेट प्वाइन्टको लागि मात्र एक अंकको खोजीमा थियो।तर नेपालले लगातार ३ अंक जोडेर खेललाई २४-२४ मा पुराउदा नेपालले यो सेट पनि २८-२६ ले जितको हो । नेपालले यो खेललाई पाँचौ सेट पुराउ हुँदै भन्दै जितको लागि तेस्रो सेटको सुरूवातमा जति गर्दा पनि खेल बराबरीमा प्रतिस्पर्धात्मक भयो ।
तर नेपालले इरानलाई मौका नै दिएन तेस्रो सेट २५-२० ले हराउँदै नेपालले फाइनल खेल भारतसंग खेल्नको लागि पक्का बनाएको हो ।अब भोलि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। भारत विरूद्ध पहिलो पटक जित हात पारिसकेको नेपाल भोलि उपाधिको लागि खेल्ने छ ।यस काभा महिला भलिबल प्रतियोगितामा तेस्रो स्थानको लागि फाइनलको पहिलो खेल इरान र श्रीलंकाबीच भोलि दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ, भन उपाधि जितको लागि फाइनल खेल भोली बेलुका साँझ ५ बजे नेपाल र भारतबिच हुने छ ।