Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजबाट एसईईको पुरक परिक्षा सुरु गोरखा जिल्लाबाट १३४ माध्यमिक विद्यालयहरुको सहभागी 

आजबाट एसईईको पुरक परिक्षा सुरु गोरखा जिल्लाबाट १३४ माध्यमिक विद्यालयहरुको सहभागी 

जोईन खबर

२३, श्रावण २०८१
  • 760
    SHARES
  • आजबाट एसईईको पुरक परिक्षा सुरु गोरखा जिल्लाबाट १३४ माध्यमिक विद्यालयहरुको सहभागी 

    २३ साउन काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० पुरक परीक्षाको आज सञ्चालन भएको छ । आज देखि हुने पुरक परीक्षाको सम्पूर्ण तयारीहरु  हिजो नै पुरा भएको हो ।शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश मैनालीका अनुसार केन्द्राध्यक्ष अभिमुखीकरण, प्रश्नपत्र र उत्तर पुस्तिकाहरु परीक्षा केन्द्रहरुमा वितरण लगायतका कामहरु भइ सकेको बताए ।

    images

    परीक्षा सभ्य र सरल ढङ्गबाट सम्पन्न गर्नका लागि विभिन्न निकायहरुसँग समन्वय गरेर काम गरिरहेको समेत प्रमुख  मैनालीले जानकारी गराए । यो बर्ष भएको एसईई परिक्षा दिएका मध्य गोरखा जिल्ला भरीका ३२ प्रतिशत मात्र विधार्थी पास भएका थिए । त्यसै क्रममा अहिले पुरक दिने जिल्लाभरबाट १३४ माध्यमिक विद्यालयका  २४ सय ६५ जना अनुत्तीण भए पनि पुरक दिनेमा २३ सय ६९ ले मात्र फारम भरि परिक्षामा सहभागी हुने देखिएको बताए  ।

    images
    images
    images

    यस बर्ष सबै भन्दा धेरै पुरक परिक्षा दिनेमा  गणित विषय १५ सयभन्दा बढीले र त्यस पछि विज्ञान विषयमा १५ सयले दिने छन् भने अर्काे अग्रेजीमा दिने विधार्थी रहेका छन् । आज बाट सञ्चालन हुने  परिक्षा केन्द्रको लागि गोरखा जिल्ला भरि ६ वटा केन्द्रहरु तोकेको छ ।

    जसमा गोरखा नगरपालिका ९ महालक्ष्मी मावि लक्ष्मीबजार,गोरखा नगरपालिका–८ को सरस्वती मावि आहाले, गोरखा नगरपालिका–६ शक्ति मावि पाटेचौर र महेन्द्र ज्योति मावि दरमार्ग ४ वटा छ भने , अरु २ वटामा एक पालुङटार नगरपालिकाको भवानी मावि ठाँटीपोखरी र आरुघाट गाउँपालिकाको भिमोदय माविमा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष एसईईको परीक्षाफलमा सबै विषयमा ‘नन–ग्रेडेड’भएका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । 

    प्रकाशित मिति :श्रावण २३, २०८१ बुधवार - १०:५७:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको