२३ साउन काठमाडौँ । स्रोत नखुलेको १२ लाखभन्दा बढी रुपैयाँसहित सशस्त्र प्रहरी बल पर्साबाट दुई जनलाई पक्राउ गरेको छ । उनीहरुले नेपाल–भारतको नाकाबाट स्रोत नखुलेको १२ लाख ५० हजार नगदसहित दुई जना आइ रहेको छ,भने विशेष सूचनाको आधारमा जाँच गर्दा सशस्त्र प्रहरी बलले ति युवालाई पक्राउ गरेको जनाए ।
पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका ५ घर भएका विकास कुमार र भारतको रक्सौल बस्ने श्यामकुमार महतो रहेको प्रहरीले बताए । सशस्त्र प्रहरीले उनीहरूको साथबाट ना ३५ प ६७१६ र भारतीय बीआर ०५ एए ०९०६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जानकारी दिएको छ ।
बरामद मोटरसाइकल र पैसासहित निजलाई थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।