Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काभा महिला भलिबलको उपाधि भारतलाई , नेपाल उपाविजेता

काभा महिला भलिबलको उपाधि भारतलाई , नेपाल उपाविजेता

जोईन खबर

२३, श्रावण २०८१
  • 820
    SHARES
  • काभा महिला भलिबलको उपाधि भारतलाई , नेपाल उपाविजेता

    २३ साउन काठमाडौँ । भारतले काभा महिला भलिबलको उपाधि हात पारेको छ । घरेलु टोलीलाई ५ सेटको खेलमा १५-५ अन्तरले भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको  हो । कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेट नेपालले २३-२५ बनाएर पहिलो सेट जितेको थियो । खेलमा अंक जोड्ने होडबाजी दुवै टिमको थियो।नेपाललाई भरपुर दर्शकको साथ थियो।

    images

    दोस्रो सेटमा भने भारतले नेपाललाई सजिलो सेटमा १४-२५ बनाएर भारतले दोस्रो सेट जितेको थियो । कमजोर नेपाली ब्लकको फाइदा उठाउँदै भारतले १३-७ को अग्रता बनायो। यसपछि निरन्तर अंक जोडेर नेपाललाई मात्र १४ अंकमा रोकेर दोस्रो सेट भारतले जितेको हो । त्यस पछिको  तेस्रो सेटको खेल पनि बराबरी हुदै गए पनि ११-७ को अग्रता बनाएपछि नेपाललाई तेस्रो सेट सहज तरिकाले जितेको थियो । तेस्रो सेटमा ११-१४ ले पछि परेपछि भारत खेलमा  कमजो बन्दै गए पछि नेपाललाई भने  तेस्रो सेटमा २५-२२ ले जित्यो।

    images
    images
    images

    see1.jpeg

    खेलमा नेपालले २-१ को अग्रता बनायो। यस खेलमा उपाधि नेपालको पक्षमा नपर्न चौथो सेट भारतले जित्नु पर्ने थियो । त्यसैलाई निरन्तरता दिदै भारतले चौथो सेटमा  दमदार प्रदर्शन देखाउदै उत्कृष्ट डिफेन्सका साथ भारतले कुनैपनि समय नेपाललाई खेलमा अग्रता बनाउन नदिकना २५-२१ ले भारतले चौथो सेट जिते जितेको हो । अब उपाधिको लागि दुवै टिमले जित्नु पर्छ भने मनोबलका साथ खेल सुरु भए संगै पाँचौ सेटमा भने भारतले नेपाललाई सुरूवात देखि नै पछि पार्दै गएको थियो ।

    भारतले अग्रता बनाएपछि नेपाल भने अघि बढन नसकदा ११-५ ले भारत अघि रहँदा नेपालले भारतलाई जित्ने सपाना चुकेको भने भएको थियो । १३औं दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा भारत च्याम्पियन बन्यो।महिला भलिबलमा लिग चरणमा भारतलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो। खेलको फाइनलको पाँचौ सेटमा नेपाललाई ५ अंकमा रोकेर भारतले पाँचौ सेट १५-५ ले जित्दै भारतले नेपाललाई उपाधि जित्न बाट रोकेको थियो । आज खेल हेर्न नेपाली दर्शकहरु उच्च रुपमा उपस्थित भएका थिए । टिकट दर १५ सय राखिए पनि धेरै ढोका बन्द गर्दा टिकट काटेका दर्शकले समेत हल प्रवेश गर्न पाएनन। हलमा 
     सुरक्षाकर्मीलाई समेत भीड थाम्न  समस्या भएको थियो । 

     

    प्रकाशित मिति :श्रावण २३, २०८१ बुधवार - २१:५३:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको