२४ साउन काठमाडौँ । हिजो साझा नुवाकोटको शिवपुरीमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुर्घटनास्थलको निरीक्षण गरेका छन् ।
उड्डयनमन्त्री पाण्डे आज बिहान नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर पुगेका हुन् । स्थलगत निरीक्षण क्रममा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
दुर्घटना भएको जानकारी आए लगतै मन्त्रिपरिषद्को आकस्मिक बैठक तय गरिएको मन्त्री हिजो घटनास्थल जाना सम्भव नभएको हो । उनले हिजो बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत हवाई सुरक्षालगायत विषयमा उनले छलफल गर्नुपर्ने भएकाले हिजो नै घटनास्थल पुग्न नसकेको समेत बताए ।