२४ साउन काठमाडौँ । आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला २४ क्यारेट सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँ र २२ क्यारेट सुन प्रतितोला १ लाख २५ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनको मूल्य हिजो भन्दा आज ३०० रुपैयाँले बढेर कारोवार भएको छ ।
हिजो बुधबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मूल्य प्रतितोला १ हजार ६९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।
चाँदी हिजो भन्दा आज तोलामा २० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।