२४ साउन काठमाडौँ ।नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित प्रहरीले तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२२ का ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० का ४९ वर्षीय मानव आचार्य र काठमाडौं महानगरपालिका–१४ का ३० वर्षीय दीपेश भुसाल छन् ।
उनीहरु थाई एअरवेजको उडानमार्फत काठमाडौंबाट बैंकक जान लागेका बेला बुधबार विमानस्थलबाट पक्राउ परेका हुन् ।महेशको साथबाट १६ हजार ५५० युरो, १० हजार ९०० क्यानडियन डलर बरामद भएको छ । मावनको साथबाट ८ हजार ९५० युरो, ३ हजार ६६० थाई भाट बरामद भएको छ ।
त्यस्तै दीपेशको साथबाट १३ हजार ४ सय युरो, २ हजार ४०० स्वीस फ्रान्क, ४ हजार ५ण्ण् क्यानडियन डलर, १८ हजार साउदी रियाल, २ हजार थाई भाट र ४ लाख ९० हजार जापनिज येन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेकाहरुलाई कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ ।