Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्राधिकरणले डेडिकेटेड लाइन प्रयोग गरेका ६१ वटा उद्योगको सबै विवरण संसद्को लेखा समितिलाई बुझाए

प्राधिकरणले डेडिकेटेड लाइन प्रयोग गरेका ६१ वटा उद्योगको सबै विवरण संसद्को लेखा समितिलाई बुझाए

जोईन खबर

२४, श्रावण २०८१
  • 832
    SHARES
  • प्राधिकरणले डेडिकेटेड लाइन प्रयोग गरेका ६१ वटा उद्योगको सबै विवरण संसद्को लेखा समितिलाई बुझाए

    २४ साउन काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइन र डेडिकेटेड लाइन प्रयोग गरेका ६१ वटा उद्योगको सबै तथ्याङ्क र विवरण संसद्को लेखा समितिलाई बुझाएको छ ।प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले सिंहदरबारमा रहेको लेखा समितिको सचिवालयमा तथ्याङ्क र विवरण बुझाउनुभएको छ ।

    images

    प्राधिकरणले झन्डै एक लाख पृष्ठको विवरण समितिलाई बुझाएको हो । ‘हामीले एक लाख पृष्ठ हाराहारीको तथ्याङ्क र विवरण लेखा समितिलाई बुझाएको  प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । एक लाख पृष्ठको प्रतिवेदन प्राधिकरणको केन्द्रीय कार्यालयबाट सिंहदरबार लैजान एउटा पिकअप भ्यान बुक गरिएको र त्यो भ्यान प्रतिवेदनले नै भरिएको प्राधिकरणका कर्मचारीले बताएका छन् ।

    images
    images
    images

    प्राधिकरणले बुझाएको तथ्याङ्कमा ६१ वटा उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरेको ट्रङ्क र डेडिकेटेड लाइनको सबै विवरण छ ।उद्योगीहरूले विद्युत् प्राधिकरणले प्रमाणविना नै बक्यौता तोकेको आरोप लगाएपछि लेखा समितिले टीओडी मिटरसहितका विवरण र तथ्याङ्क बुझाउन प्राधिकरणलाई निर्देशन दिएको थियो । प्राधिकरणले लेखा समितिलाई टीओडी मिटरको प्रोफाइलसहितको सबै तथ्याङ्क, लक सिट, जिल्ला, उच्च र सर्वोच्च अदालतले गरेका ९० वटा मुद्दाको फैसला, प्राधिकरणले जारी गरेका बिल, एम पावर लगायतका विवरण बुझाएको छ ।

    यसअघि उद्योगीहरूले ९० वटा मुद्दा अदालतमा दायर गरेकोमा शिवम् सिमेन्ट्स बाहेक लगभग सबै मुद्दाको फैसला प्राधिकरणको पक्षमा आएको थियो । यो विवरण पनि प्राधिकरणले लेखा समितिलाई पठाएको छ ।विद्युत् प्राधिकरणले उद्योगहरूलाई पटक पटक बक्यौता तिर्न आग्रह गरेपनि उनीहरूले अटेरी गर्दै आएका थिए । प्राधिकरणले लाइन काटेपछि प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत् नियमन आयोगले लाइन जोड्न निर्देशन दियो । त्यसपछि प्राधिकरणले लाइन जोडेको छ ।

    प्रकाशित मिति :श्रावण २४, २०८१ बिहिवार - १७:२४:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको