२५ साउन काठमाडौँ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत लागि उडेको श्री एयरलाइन्सको जहाज तत्काल काठमाडैँ नै फर्किएको छ । यो जहाज समय तालिका अनुसार उडन हुर्दै गर्दा जहाज भित्र यात्रुहरुबीच होहल्ला भए पछि जहाज विमानस्थलको धावनमार्ग काठमाडौ आवतरण गरिएको हो ।
उक्त जहाज आज बिहान ७ः३० बजे सुर्खेत जाना भनि उडे पनि धावनमार्ग पार्किङमा फर्काइएको श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले बताए ।
जहाजभित्र यात्रुबीच होहल्ला भएपछि अन्तर्राष्ट्रिय नियमअनुसार नै ग्राउण्ड भए फर्काउने र आकाशमा भए आकस्मिक अवतरण गर्ने नियम रहेको बजार प्रबन्धक मानन्धरले जानकारी दिए ।
यात्रुका कारण उडान सुरक्षामा कुनै समस्या नहोस भने कारण ले आवतरण गरिएको थियो । आवतरण भएको जहाज पार्किङमा राखि जहाज भित्रका यात्रु संग सहमति पत्र गरी पुन फेरी जहाज सुर्खेत लागि उडाएको बताए ।