२६ साउन काठमाडौँ । गोरखा ताकुकोट सेवा समाजले काठमाडौँले यो बर्ष पनि गाईजात्रा निकाल्ने भएको छ । पुर्ख्यौली घर ताकुकोट भई लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका उनीहरुले काठमाडौंमै आफ्नो संस्कृतिलाई जोगाउदै हरेक बर्ष जस्तै यो बर्ष पनि गाईजात्रा प्रदर्शन गर्ने भएको हो ।
काठमाडौंमा बसोबास गर्ने गोरखा ताकुकोटका नेवार समुदाय र गोरखा ताकुकोट सेवा समाज काठमाडौँको संयुक्त आयोजनमा भदौ ४ गते काठमाडौँमा गाईजात्रा निकाल्ने भएको छ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँले यो गाईजात्रा विगत ६ वर्ष यता नियमित हरेक बर्ष गर्दै आएको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाबाट वडा न ६ ताकुकोटबाट काठमाडौँ आई विभिन्न पेसा ब्यवसाय गरि बस्ने सबै जातजातीहरू मिलेर संयुक्त रूपमा गाईजात्रा मनाउदै आएको हो ।
गोरखा ताकुकोट सेवा समाज काठमाडौँले आफ्नो गाउँठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न गाईजात्रा निकाल्ने गरेको जात्राका संयोजक अनुप श्रेष्ठले बताउनु भयो । यस जात्रामा बर्ष भरिमा मृत्यु भएका आफन्तहरुको सम्झनामा महिला बिते मान्छेलाई नै सिगारेर गाई निकाल्ने र पुरूष बिते मान्छेलाई सिगारेर आफ्नै परिवार भित्रकालाई सिगारेर गाई गोरू निकालिन्छ। आफन्त मृत्यु भएकाहरूले मृत्यु हुनेहरूको सम्झनामा फलफूल खुवाउने र बाजा, झुर्मा पनि बजाई घोडा भन्दा अगाडी दश देखी माथी नाचने प्रचलन रहेको संस्थाका महासचिव राजना बाबु श्रेष्ठले बताउनु भयो । तिनिहरूलाई हाम्रो भाषामा भोटे तथा चिदार भनेका हुन्छन्। विभिन्न भेषभुषमा सबैलाई हसाउने अर्को गाईको नानीहरू महिलाको कपडा लगाएर बनेका साना साना नानीहरू लाई गाईको नानी वा भुसुना भने गरीन्छ ।
अर्को रोचक भनेको घोडा जुधाउने दुई वा तिन दुबै तिर बराबर बसेर बीचमा एक एक जनाले समालेर बाजाको तालमा जुदाउने र उफ्रने हुन्छ । अर्को टाकटुके दुई दुई वटा तिन फिट छतिको लट्ठी लिएर दुवैतिर बराबर लठ्ठी लिएको महिला वा पुरुष लाइनमा बसेर मादलको तालमा गरीने लाई टाकटुके खेल्ने गरिन्छ । यो जात्रा बि।स। २०७३ साल देखी निरन्तर गाईजात्रा निकाल्दै आएको ताकुकोट सेवा समाजले नेपालको नमुनासहित छुट्टै पहिचानसहितको गाईजात्रा निकाल्दै आएको संस्थाका सचिव धिरज उपरकोटीले बताउनु भयो ।
यो जात्रा काठमाडौँको वनस्थली चोक अक्सफोर्ड ड्राइभिङ सेन्टरबाट बिहान ११ ०० बजे देखी खरीबोट बल्छी ध्रुवे फुटसल हुदै रानीबन राधकृष्ण मन्दिर बाट ढुंगेधारा क्षेत्र हुदै फेरी बनस्थलीमा आएर अन्ते गरिनेछ । गोरखा बासीले काठमाडौँ आएर पनि आफनो सांस्कृतिक नृत्यसहित गाईजात्रा देखाउने गरेको हाृे । प्रचार प्रसारको अभावमा ओझेलमा परेको छुट्टै संस्कृती र पहिचानसहितको गाईजात्रा गोरखा बारपाक सुलिकोटमा सयौ बर्षदेखी मनाउदै र निकाल्दै आएको पाइन्छ ।