२७ साउन काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा यो बर्षको हरितालिका तीजको अवसरमा नगरपालिका स्तरीय तीज गीत प्रतियोगिता हुने भएको छ । यो तिज गीत प्रतियोगिता यही भदौ १० गते को लायन्स क्लब अफ गोरखा कालिकाको आयोजनामा हुन लागेको हो ।
संस्थाले शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला सदरमुकामको रानीपोखरी परिसरमा प्रतियोगिता हुने क्लबले जनाएको छ । प्रतियोगितामा एक समूहमा आठदेखि दश जनासम्म हुनु पर्ने छ । यस प्रतियोगितामा सहभागि हुन भदौ ७ गतेभित्र समूह दर्ता गराइसक्नुपर्ने क्लबकी अध्यक्ष शारदा खत्रीले बताउनु भयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४० हजार रुपैयाँ पाउने क्लबले जनाएको छ । यसै क्रममा पुस्कार पाउने क्रममा द्वितीय हुने लाई नगद ३० हजार रुपैयाँ, तृतीय हुनेलाई नगद २० हजार रुपैयाँ दिएन भउको छ भने, प्रतियोगितामा सान्त्वना हुने दुई समूहले प्रत्यक समूहलाई नगद ५ हजारका दरले पुरस्कार दिने क्लबले बताएको हो । प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्नेमध्ये एक जनालाई नगद ५ हजारले पुरस्कृत गरिने क्लबकी अध्यक्ष खत्रीले बताउनु भयो ।
यस क्लबले नगरपालिका भित्रका महिला दिदीबहिनी बीचको सम्वन्ध बढेउने तथा चिनजान समेत बढाउने उद्देश्यका साथ र प्रतिभालाई उजागर गर्ने यो प्रतियोगिता राखिएको क्लब अध्यक्ष खत्रीले बताउनु भयो । प्रतियोगितामा बाद्यवादनको व्यवस्था स्वयम सहभागी समूहले नै गर्नुपर्ने बताइएको छ । प्रतियोगिताले स्थानीय कला संस्कृतिको जर्गेना र प्रवद्र्धन गर्ने अपेक्षा आयोजकको छ ।