२७ साउन काठमाडौँ । भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका गायक प्रकाश तिमिल्सिनाको उपचारको क्रममा मृत्यु भएको छ । आज शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको हो
तिमिल्सीनाको शव आज केही समय सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिए ।
तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिने बताइएको छ।तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए। उनलाई नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो।